ad ad

प्रविधि


मंगल ग्रहमा अवतरण गर्‍याे अमेरिकी अन्तरिक्ष यान, जीवनको सम्भावना खोजिने

मंगल ग्रहमा अवतरण गर्‍याे अमेरिकी अन्तरिक्ष यान, जीवनको सम्भावना खोजिने

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ०:०,

अमेरिकी अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ मंगल ग्रहमा अवतरण गरेको छ।

 ६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २:४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो।

nasayan

यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ।   

पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ।

अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा असफल भएको छ।

सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ।

अन्तरिक्ष यान अवतरण गरेपछि नासाको नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर) मा बसिरहेका वैज्ञानिक खुसीले उफ्रिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .