ad ad

प्रविधि


फोल्ड गर्न सकिने आइफोन आउँदै, यस्ता हुनेछन् फिचर्स

फोल्ड गर्न सकिने आइफोन आउँदै, यस्ता हुनेछन् फिचर्स

नेपालखबर
फागुन ५, २०७७ बुधबार १२:१०,

हाल विश्व बजारमा सामसुङ, हुवावे तथा मोटरलाका फोल्डिङ स्मार्टफोन सार्वजनिक भइसकेका छन्।

साओमीले पनि फोल्डिङ स्मार्टफोन बनाइरहेको खबरहरु आएका छन्। यी स्मार्टफोनमा फाइभ–जी नेटवर्क सपोर्ट सिस्टम छन्।

यसबीचमा एप्पलले फोल्डिङ आइफोन ल्याउने विषय सार्वजनिक भएको हो।

एप्पलका उत्पादनबारे जानकारी राख्ने म्याक रुमर्सका अनुसार एप्पलले सम्भवत सन् २०२३ भित्र फोल्ड गर्न सकिने आइफोन सार्वजनिक गर्नेछ।

Image result for iphone foldable phone

यसैबीच एप्पलको जानकारी दिने जोन प्रोसेसरले सार्वजनिक गरेको सूचना अनुसार हाल एप्पलले फोल्ड गर्न सकिने फोनको डिजाइन तयार पारिसकेको छ।

उक्त फोनको नाम ‘आईफोन फ्लिप’ हुन सक्ने उनले उल्लेख गरेका छन्।

एप्पलको आइफोनको डिजाइन अन्य फोल्डिङ फोनजस्तो नहुने बताइएको छ। ‘फोन टु ट्याब्लेट’ फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट आकारमा आइफोन देखिने छैन। यसको विशेष डिजाइन हुनेछ।

यस्तै एप्पलको फोल्डिङ फोनमा ओएलईडी डिस्प्ले हुनेछ भने यो ७।३ देखि ७।६ इन्चसम्मको हुनेछ।

जोन प्रोससरका अनुसार यस फोनको मूल्य १५ सय अमेरिकी डलर हुनेछ।

Image result for iphone foldable phone

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .