ad ad

प्रविधि


चीनको गान्सुमा सन् २०२२ भित्र ३० हजार फाइभ–जी बेस स्टेसन खडा हुँदै

चीनको गान्सुमा सन् २०२२ भित्र ३० हजार फाइभ–जी बेस स्टेसन खडा हुँदै

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ७:३०,

गान्सु प्रान्तको सरकारले सन् २०२२ को अन्तिमसम्ममा प्रान्तभर फाइभ–जी प्रविधि जडान गरिसक्ने बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

गतवर्षको अन्तिमसम्ममा त्यहाँ ८ हजार ५०९ फाइभ–जी बेस स्टेसन राखिसकिएको छ।

फाइभ–जी इन्सरनेट सुविधा यतिबेला त्यहाँका २४ प्रतिशत नागरिकले पाइरहेका छन्।

फाइभ–जी हाल विश्वमा सुरुवाती चरणमा रहेको छ। यो शक्तिशाली इन्टरनेट सुविधा हो।

फाइभ–जी इन्टरनेटले एक सेकेन्डमा एक जीबीसम्म डाउनलोड गर्न सकिन्छ।

चीनको विशाल टेलिकम कम्पनी हुवावेले फाइभ–जी प्रविधिमा उल्लेख्य प्रगति गरेको छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .