युरोपेली संसदले चारवटा विश्वचर्चित प्रविधि कम्पनीहरुलाई संसदीय सुनुवाइमा सहभागी हुन बोलाएको छ ।
अमेजन, एप्पल, फेसबुक र अल्फाबेटका प्रमुख कार्यकारीहरुलाई फेब्रुअरी १ मा युरोपको राजधानी ब्रसेल्समा प्रविधि कम्पनीको ‘असीमित’ शक्तिमा लगाम लगाउन छलफलमा बोलाएको हो ।
युरोपेली संसद्ले युरोपेली आयोगले प्रविधि कम्पनीलाई स्वच्छ प्रतिस्पर्धामा व्यवसाय गर्न तथा मिथ्या र हानिकारक विषयवस्तु रोक्न गरेको प्रस्तावबारे आगामी महिनाहरुमा ती कम्पनीसँग छलफल गरेर आउने परिणामबारे विस्तृतमा खुलाउनेछ । यसैका लागि कम्पनीहरुलाई छलफलमा बोलाइएको हो ।
युरोपेली सांसदहरुले संसदीय सुनुवाइमा सहभागी हुन ती कम्पनीका कार्यकारी अधिकारीहरुलाई बोलाएको रोयटर्सले उल्लेख गरेको छ । छलफलमा अहिले ती कम्पनीले गरिरहेको व्यवसाय शैली र भविष्यका अवधारणाबारे गहन विमर्श हुनेछ ।
प्रविधि कम्पनीविरुद्ध विश्वका सरकारले छानबिन र अनुसन्धान गरिरहँदा युरोपेली संसदले पनि यसलाई अघि बढाएको हो । संसदीय सुनुवाइमा कम्पनीका प्रमुखहरु मात्रै सहभागी हुने बताइएको छ । केही युरोपेली सांसदहरुले भने सुनुवाइको मिति फेब्रुअरीकै अर्का दिन वा मार्चमा गर्ने इच्छा जाहेर गरेका छन् ।
यसअघि जनवरी २५ मा अल्फाबेटका सीई सुन्दर पिचाईले ईयूको एन्टिट्रस्ट चिफ मार्गरेथ भेस्टेगरसँग भिडियो सम्मेलन गरेको खुलेको छ । भेस्टेगरले प्रविधि कम्पनीविरुद्ध कडा नियम ल्याउनेबारे छलफल गरिरहेका छन् । राेयटर्सबाट
Shares
प्रतिक्रिया