ad ad

प्रविधि


युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध, उनको च्यानल एकहप्ता बन्द

युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध, उनको च्यानल एकहप्ता बन्द

नेपालखबर
पुस २९, २०७७ बुधबार ६:२,

उनको फेसबुक पेजमा पनि आंशिक प्रतिबन्ध लागेको थियो। यतिबेला युट्युबले पनि ट्रम्पलाई कारवाही गर्ने भएको छ।

सीएनएनका अनुसार ट्रम्पको युट्युब च्यानल एकहप्ताको लागि बन्द गरिनेछ।

पछिल्लो युट्युब भिडियोमा ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनको च्यानललाई प्रतिबन्ध लगाइएको हो।

उक्त भिडियो अहिले हटाइएको छ। गतहप्ता ट्रम्पकै उक्साहटका कारण अमेरिकी संसद भवनमा तोडफोड भएको थियो।

उक्त घटनापछि थप हिंसा भड्किने खतरा भएकाले ट्रम्पका सामाजिक संजाल खाताहरु धमाधम बन्द गरिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .