तियानवेन–१ अभियान अन्तर्गत पठाइएको चिनियाँ यानले यतिबेला ४० करोड किलोमिटरको दुरी पार गरिसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आइतबार चीनको अन्तरिक्ष संस्था चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनले दिएको जानकारी अनुसार जुलाइमा मंगल ग्रहका लागि पठाइएको उक्त यान आगामी महिना फेब्रुअरीमा मंगल ग्रहको कक्षमा पुग्नेछ।
मंगल ग्रहलाई रातो ग्रहको रुपमा चिनिन्छ। यो ग्रह यतिबेला चिनियाँ यानदेखि ८३ लाख किलोमिटर टाढा मात्र भएको जनाइएको छ।
पृथ्वी र मंगल ग्रहको दुरी १४० दशमलब ३२ मिलियन किलोमिटर भएको बताइन्छ। तर अन्तरिक्ष यान त्यहाँ पुग्नलाई ५ सय मिलियन किलोमिटरको दुरी तय गर्नुपर्ने वैज्ञानिकहरुको भनाइ छ।
3
Shares
प्रतिक्रिया