बेलायतमा टिकटकविरुद्ध बालिकाले उजुरी दिएकी हुन्।
उनले बालबालिकाको जानकारी अवैधानिक रुपमा प्रयोग गरेकाले टिकटकविरुद्ध कारवाही हुनुपर्ने माग गरेकी छिन्।
अदालतले यस विषयमा अनुसन्धान अगाडि बढेको खण्डमा बालिकाको पहिचान गोप्य राखिने बताएको छ।
ती बालिकाको भनाइप्रति बेलायतको बालबालिकाकी आयुक्त एनी लङफिल्डले एक्यवद्धता जनाएकी छिन्। यद्यपी बालिकाले डेटा अवैधानिक रुपमा प्रयोग भएको विषयमा कुनै प्रमाण दिएकी छैनन्।
टिकटकले प्रतिक्रिया स्वरुप १३ वर्षमुनीका बालबालिकाले टिकटकमा आवद्ध हुनै नपाउने आफ्नो नियम रहेको बताएको छ।
यद्यपी उमेर ढाटेर १३ वर्षभन्दा मुनीका बालबालिकाले टिकटकहरु प्रयोग गरेको पाइन्छ। बालबालिकाका अभिभावकले पनि बालबालिकालाई टिकटक प्रयोग गर्न प्रेरित गरेको देखिन्छ। एजेन्सी
प्रतिक्रिया