ad ad

प्रविधि


जापानको क्रान्तिकारी कदम, विश्वकै पहिलो काठको भूउपग्रह बनाउँदै

जापानको क्रान्तिकारी कदम, विश्वकै पहिलो काठको भूउपग्रह बनाउँदै

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:१९,

जापानको सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले मिलेर काठको भूउपग्रह बनाउन लागेको बीबीसीले जनाएको छ।

सुमितोमो फरेस्ट्रीका अनुसार यतिबेला कम्पनीले अन्तरिक्षमा काठको भूउपग्रह उपयोग गर्न सकिन्छ कि सकिँदैन भनेर अनुसन्धान थालेको छ।

काठको भूउपग्रह सन् २०२३ भित्र तयार हुने अनुमान गरिएको छ।

भूउपग्रहको बढ्दो संख्याको कारण अन्तरिक्षमा फोहोरहरु थुप्रिन थालेका छ, जसलाई स्पेस जंक भनिन्छ।

जापानका अन्तरिक्ष यात्री तथा क्योटो विश्वविद्यालयका प्राध्यापक ताका दोइ भन्छन्,‘सबै भूउपग्रह जो पृथ्वीको वायुमन्डलमा फेरि प्रवेश गर्दछन् त्यसले आल्मुनियमको कण बनाउँछ, जुन वषौं बायुमन्डलमा तैरिरहन्छ। यसबाट हामी चिन्तित छौं।’

अधिकारीहरुका अनुसार काठका भूउपग्रह पृथ्वीमा फर्काउन सकिन्छ र त्यसलाई जलाउन सकिन्छ। यसबाट हानिकारक पदार्थ निस्किँदैन।

जापानी वैज्ञानिकको यस कदमलाई क्रान्तिकारी कदम भनिएको छ।

वर्ल्ड इकोनमिक फोरमका अनुसार हाल लगभग ६ हजार भूउपग्रहले पृथ्वीको चक्कर लगाइरहेको छ। यीमध्ये ६० प्रतिशत स्पेस जंक हुन्।

SpaceX Starship as a trash collector in Earth orbit? | Space | EarthSky

रिसर्च फर्म युरोकन्सल्टका अनुसार एक देशकको अवधिमा हरेक एकवर्ष ९९० उपग्रह लन्च गरिनेछ। यसको मतलब सन् २०२० सम्ममा अन्तरिक्षको कक्षमा १६ हजार भूउपग्रह हुनेछन्।

जतिधेरै भूउपग्रह त्यति बढी स्पेस जंक थप्रिनेछन्। काठको भूउपग्रह बनाइए यसले असर नगर्ने वैज्ञानिकहरुको दाबी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .