ad ad

प्रविधि


ट्रम्पको ट्वीटर पासवर्ड अनुमानकै भरमा ह्याक, दुईवटा पासवर्ड यस्तो रहेछ...

ट्रम्पको ट्वीटर पासवर्ड अनुमानकै भरमा ह्याक, दुईवटा पासवर्ड यस्तो रहेछ...

नेपालखबर
पुस २, २०७७ बिहिबार ६:३१,

डच अभियोजनकर्ताहरुका अनुसार नेदरल्यान्ड्सका भिक्टर गिभर्स ट्रम्पको ट्वीटरमा पासवर्ड अनुमान गरेरै प्रवेश गर्न सफल भएका हुन्।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रिनसटहरू सार्वजनिक गरेका थिए।

बीबीसीका अनुसार ट्रम्पको यसपटकको पासवर्ड ‘mega2020!’ थियो। यद्यपी भिक्टरलाई कारवाही भने नगरिने बताइएको छ।

नैतिकतापूर्वक काम गरेकाले उनलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ।

अक्टोबरमा भिक्टरको दाबीलाई ह्वाइट हाउसले झुठो भएको बताएको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो।

डोनल्ड ट्रम्पको ट्विटर

डच अभियोजनकर्ताले ट्रम्पको ट्वीटरमा भिक्टरको पहुँच भएको बताइरहँदा अहिले भने दुवैले थप प्रतिक्रिया दिएका छैनन्।

गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्। उनी भन्छन्,‘यो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो।’

उनका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेका थिए। त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनको भनाइ छ।

डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन्। डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो।

भिक्टर गेभर्सभिक्टर गेभर्स

गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताएका थिए।

सिद्धान्ततः उनले ट्रम्पका निजी तस्बिर र सन्देश, ट्रम्पले मात्र देखिन सक्नेगरी बुकमार्क गरिएका ट्वीटहरू, अनि क–कसलाई ब्लक गरिएको छ त्यो देख्न सक्थे।

झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ।

अनुसन्धाताहरूले सन् २०१६ मा पनि 'yourefired' पासवर्ड प्रयोग गरेर ट्रम्पको ट्विटरभित्र छिरेको दाबी गरेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .