अमेरिकाका ३३ राज्यले नयाँ आइफोनलाई खरिद गर्न प्रेरित गर्ने उद्देश्यले एप्पलले त्यस्तो गलत कार्य गरेको दाबी गरेका छन्।
यस घटनालाई ब्याट्रीगेट भनिएको छ। सन् २०१६ मा एप्पलले आइफोन ६, आइफोन ७ र आइफोन एसईलाई ढिला चल्ने बनाएको थियो।
नयाँ आइओएस प्रणालीलाई अपडेट गरेसँगै पुरान आइफोनहरु ढिला चल्ने भएका थिए।
एप्पलले पछि गएर पुरानो फोनको ब्याट्रीलाई टिकाउ बनाउन पुरानो आइफोन सुस्त चल्ने बनाएको बताएको थियो।
त्यसबेला लाखौं मानिसहरु प्रभावित बनेका थिए। उनीहरु नयाँ आइफोन किन्न बाध्य भएका थिए।
अमेरिकाका विज्ञहरुले एप्पलले अनैतिक र फटाही काम गरेको बताएका थिए। आइफोन ढिला चल्ने फोनका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति दिने पनि बताइएको छ। एजेन्सी
प्रतिक्रिया