ad ad

प्रविधि


दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ५:५६,

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ।

यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्न सक्ने जनाइएको छ।

परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम भ्ज्द्दज्ञटक दिइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो । यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ। गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .