ad ad

प्रविधि


३० करोड किलोमिटरभन्दा टाढाको क्षुद्रग्रहबाट नासाको यानले संकलन गर्‍यो नमूना

३० करोड किलोमिटरभन्दा टाढाको क्षुद्रग्रहबाट नासाको यानले संकलन गर्‍यो नमूना

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:२७,

मानवरहित अन्तरिक्षयानले निकै महत्त्वकांक्षी अभियानअन्तर्गत त्यति टाढा पुगेर क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने काम पूरा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको बेनु नामक क्षुद्रग्रहसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको नासाले जनाएको छ।

उक्त यानले अब बुधबार क्षुद्रग्रहबाट संकलन गरेको तस्बिरहरु पठाउनेछ। नासाले आफ्नो अन्तरिक्ष यानले वास्तवमै नमूना संकलन गरेको छ या छैन भनेर यस हप्ताभर अनुसन्धान गर्नेछ।

त्यसपछि उक्त क्षुद्रग्रहबाट पुनः नमूना संकलन गर्ने या नगर्ने तय हुने बताइएको छ। नमूना संकलन भएको पुष्टि भएपछि उक्त यान सन् २०२३ सम्ममा पृथ्वी फर्किसक्नेछ।

मंगलबार नासाको यानले क्षुद्रग्रहलाई छोएर त्यहाँको नमूना संकलन गरेको भन्दै नासाका वैज्ञानिकहरुले खुशी व्यक्त गरेका थिए।

सौर्यमण्डलको उत्पत्तिसँगै यस बेनु क्षुद्रग्रह विकास भएको वैज्ञानिकहरुको अनुमान छ। यस क्षुद्रग्रहको नमूनाबाट पृथ्वीको उत्पत्ति र विकासबारे थप जानकारी प्राप्त गर्न सकिने नासाको भनाइ छ। एजेन्सी

Elation in mission control

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .