रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको घोषणा गरेको छ।
‘ब्ल्याक होलको गठन सामान्य सापेक्षताको सिद्धान्तको एक राम्रो भविष्यवाणी हो’ भनेर रोजरले अध्ययन गरेका थिए।
त्यस्तै रिनहार्ड र आन्द्रेले तारापुञ्जको केन्द्रमा दबिएर बसेका ठूलो बस्तु पत्ता लगाएका थिए।
सोमबार मात्र चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो।
हिजो हेपटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
सो भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।
चिकित्साशास्त्र र भौतिकशास्त्र बाहेक अन्य पुरस्कारहरु रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा पनि दिइन्छ।
BREAKING NEWS:
The Royal Swedish Academy of Sciences has decided to award the 2020 #NobelPrize in Physics with one half to Roger Penrose and the other half jointly to Reinhard Genzel and Andrea Ghez. pic.twitter.com/MipWwFtMjz
प्रतिक्रिया