ad ad

प्रविधि


अस्ट्रेलियामा फेसबुक, गुगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

अस्ट्रेलियामा फेसबुक, गुगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

नेपालखबर
असोज १, २०७७ बिहिबार ९:५३,

तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन्।

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताएका छन्।

प्रस्तावित कानुनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गुगलले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा संचार माध्यमलाई भुक्तानी गर्नु पर्ने व्यवस्था समेटिएको छ।

फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ।

गुगलले पनि प्रस्तावित कानुनले गुगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ।

गुगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ।

सिम्सले अमेरिकी सामाजिक संजालका प्लेटफर्मसँग प्रस्तावित कानुनका बारेमा छलफल गरिरहेको बताएका छन्।

प्रस्तावित कानुनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ।

सिम्सले गुगलले उठाएका केही सरोकार जायज रहेको बताएका छन् साथै त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिने जनाएका छन्।

उनले गुगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए।

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुन मार्फत समाचारका लागि फेसबुक र गुगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो।

यस विषयमा संयुक्तराज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .