ad ad

प्रविधि


आगामी वर्ष भित्रै हुवावेको स्मार्टफोनमा आफ्नै अपरेटिङ प्रणाली

आगामी वर्ष भित्रै हुवावेको स्मार्टफोनमा आफ्नै अपरेटिङ प्रणाली

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १२:२०,

तर चिनियाँ कम्पनी भएकै कारण यस प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको छ।

अमेरिकाले हुवावे चीन सरकारको जासुसीको माध्यम भएको बताएपछि विश्वमा हुवावेका सामग्रीलाई बहिष्कार गर्न थालिएको छ।

विश्वमै सबैभन्दा पहिले फाइभ–जी विकास गर्ने कम्पनी हुवावेले आफ्नो फाइभ–जीसमेत विस्तार गर्न सकिरहेको छैन।

हुवावेले हालसम्म आफ्नो स्मार्टफोनमा गुगललको एन्ड्रोइड अपरेटिङ प्रणालीलाई प्रयोग गर्दै आएको छ।

तर अमेरिकी सरकारको दबाबपछि गुगलले एन्ड्रोइड प्रणाली हुवावेलाई प्रयोग गर्न नदिने बताएको छ।

यसबीचमा हुवावेले आफ्नै अपरेटिङ प्रणाली विकास गरेको छ। हुवावेको अपरेटिङ प्रणालीको नाम हार्मोनी ओएस हो।

यस अपरेटिङ प्रणाली आगामी वर्ष भित्रसम्ममा हुवावेका स्र्माटफोनमा आइसक्ने कम्पनीले बिहीबार जनाएको छ।

हुवावे मोबाइल सर्भिस प्रणालीमा १८ लाख एप निर्माणकर्ता समावेश छन्। यस कम्पनीले हालसम्म ९६ हजार एप्सहरु निर्माण गरिसकेको छ।

यी एप्स तथा हुवावेका प्रयोगकर्ता विश्वभर ४९ करोड भएको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .