ट्वीटर विवादपछि सामाजिक संजाल नै बन्द गरिदिने चेतावनी दिएका ट्रम्पले हस्ताक्षर गर्ने भनिएको कार्यकारी आदेशले सामाजिक संजाललाई कडा रुपमा नियमन गर्ने अनुमान गरिएको छ।
गत मंगलबार ट्वीटरले पहिलोपटक ट्रम्पको ट्वीट गलत भएको बताउँदै उनको ट्वीटमा फ्याक्ट–चेकको लिंक जोडिदिएको थियो।
ट्वीटरले ट्रम्पको ट्वीटमा तथ्यात्मक त्रुटि भएको उल्लेख गर्दै सोही विषयमा भरपर्दो सूचना पढ्न फ्याक्ट–चेक लिंक ट्वीटमा हालिदिएको थियो।
तर ट्वीटरले आफ्नो ट्वीटलाई गलत भनेपछि ट्रम्प निकै रुष्ट बनेका छन्।
हुलाकमार्फत हुने मतदानमा पूरै धाँधलीपूर्ण हुने भन्दै ट्रम्पले मंगलबार ट्विट गरेका थिए। तर ट्विटरले त्यसको तल हुलाकमार्फत हुने मतदान पारदर्शी हुने तथ्य राखेर उनको कुरा पहिलोपटक झुट साबित गरिदिएको थियो। त्यस दिनदेखि ट्विटरप्रति ट्रम्प आक्रोशित छन्।
त्यही दिनदेखि उनले लगातार ट्विट गरेर यो वाक् स्वतन्त्रताको हनन भनिरहेका छन्। त्यसपछि बुधबार बिहान अझ उत्तेजित हुँदै दुईवटा ट्विट गरेका हुन्।
जसमा उनले लेखेका छन्, ‘रिपब्लिकनहरूलाई लागेको होला, सामाजिक सञ्जालले कन्जभेटिभ आवाजलाई पूर्ण रूपमा बन्द गरेका छन्। तर हामी कडा नियमन गर्दै छौं वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द नै गर्ने छौं।’ एजेन्सी
प्रतिक्रिया