ad ad

प्रविधि


स्मार्ट फिडर बिग्रिएपछि हप्तौ भोकै घरपालुवा जनावर

स्मार्ट फिडर बिग्रिएपछि हप्तौ भोकै घरपालुवा जनावर

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:१३,

पेटनेट स्मार्ट फिडर प्रविधिको सहयोगमा घरमा नभएको समयमा पनि हामीले स्मार्टफोन एप्सको प्रयोगमा जनावरलाई खाना प्रदान गर्नसक्छौं।

एप्सको माध्यमबाट हामीले आफ्ना घरपालुवा जनावरलाई समयसमयमा खाना छाड्नसक्छौं।

तर बेलायतमा यस प्रविधिका कारण आफ्ना घरपालुवा जनावर हप्तौं भोकै बस्न बाध्य बनेको पेटनेट स्मार्ट फिडर प्रयोगकर्ताले बताएका छन्।

Image result for petnet

हार्डवेरमा समस्या देखिँदा आफू बाहिर रहेको अवस्थामा आफ्नो बिरालोले एकहप्ता भोकै बस्नु परेको एक पेटनेट स्मार्ट फिडर प्रयोगकर्ताले गुनासो गरेकी छिन्। अन्य धेरै मानिसले पेटनेट स्मार्ट फिडरले काम नगरेको बताएका छन्।

बेलायतमा यस पेटनेट स्मार्ट फिडरलाई २२२ पाउण्डमा खरिद गर्न सकिन्छ। कम्पनीले यस प्रविधिलाई आफूहरुले समस्यारहित बनाउने प्रयास गरिरहेको बताएका छन्।

पेटनेटमा समस्या भएको गुनासो आइरहँदा कैयौं मानिस भने यो प्रविधिदेखि खुशी छन्। घरबाट बाहिर रहँदा पनि आफूले आफ्ना घरपालुवा जनावरलाई खान दिन सकेकोमा उनीहरु सन्तुष्ट छन्। एजेन्सी

Image result for petnet

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .