दिमागमा चिप जडान गरिएका पहिलो व्यक्तिको स्वास्थ्यमा सुधार हुँदै गएको इलोन मस्कले बताएका छन्। उनको कम्पनी न्युरालिंकले मानिसको दिमागमा चिप जडान सुरु गरेको हो।
‘टेलिप्याथी’ नाम दिइएको यो उत्पादनले सञ्चार गर्न नसक्नेगरी अपांगता भएका प्रयोगकर्ताहरुलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ।
‘सुरुवाती नतिजामा उहाँको न्युरोन गतिविधि बढेको देखिएको छ,’ मस्कले भनेका छन्।
मस्कले सो चिपको सहयोगमा फोन वा कम्प्युटरको नियन्त्रण गर्न सकिने बताएका छन्।
गत वर्ष अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले गर्दा वर्ष मानिसमा यो प्रत्यारोपण गर्न अनुमति दिएको थियो।
यसले पक्षाघात र न्युरोलजिकल अप्ठ्याराबाट मुक्ति दिने विश्वास लिइएको छ।
दिमागमा चिप राखिसकेपछि त्यसले सोचेकै भरमा कम्प्युटर कर्सर वा किबोर्डको नियन्त्रण गर्न सक्ने बनाउनु आफूहरुको सुरुवाती उदेश्य रहेको कम्पनीको भनाइ छ। एजेन्सी
Shares
प्रतिक्रिया