डार्कमोड फिचर यसअघि अन्य एप्लिकेसनले प्रदान गरिसकेका छन्।
प्रयोगकर्ताको बढ्दो मागपछि वाट्सएपले यस फिचर प्रदान गरेको हो। अब वाट्सएपका प्रयोगकर्ताले म्यानुअल डार्क मोड इनेबल गरेर डार्क मोडमा वाट्सएप प्रयोग गर्न सक्दछन्।
कसरी इनेबल गर्ने डार्क मोड?
वाट्सएप खोल्नुहोस्। स्क्रिनको छेउमा रहेको ओभरफ्लो मेन्यु ‘तीन डट्स’मा क्लिक गर्नुहोस्। सेटिंग्समा जानुहोस। सेलेक्ट च्याट्समा क्लिक गर्नुहोस्। चुज थिम्समा गएर डार्कमा थिच्नुहोस्। त्यसपछि स्विच टु डार्क मोड देखाउने छ।
डार्क मोड फिचर आँखाको लागि राम्रो मानिन्छ।
प्रतिक्रिया