संसारभर करिब ३ अर्ब मानिसले फेसबुक चलाउँछन्। च्याट र भिडिओ/अडिओ संवादका लागि यसको छुट्टै एप मेसेन्जर छ।
फेसबुक चलाउने अधिकांशले मेसेन्जर पनि चलाउँछन् नै। उसो त कतिपयले फेसबुक डिएक्टिभ गरेर मेसेन्जर मात्रै पनि प्रयोग गरिरहेका छन्।
तर फेसबुक र मेसेन्जर दुवै चलाउने अधिकांशले भने फोनमा बेलाबेला फेसबुकबाट लगाआउट गरे पनि मेसेन्जर भने कमै लगआउट गर्ने गर्छन्। के फेसबुक मात्रै लगआउट गरेर सुरक्षित हुन सकिन्छ?
आईटी विज्ञहरू मेसेन्जर खुलै छाडेर फेसबुक मात्रै लगआउट गर्नु बुद्धिमानी नहुने बताउँछन्।
स्मार्टफोनमा फेसबुक र मेसेन्जर प्रयोग गरेपछि धेरै प्रयोगकर्ताले मेसेन्जर लगआउट नगरी नै छाड्छन् । यदि तपाईले पनि यसो गर्नुभयो भने तपाई आफैं ठूलो समस्या निम्त्याउँदै हुनुहुन्छ।
वास्तवमा, फेसबुक र मेसेन्जर दुवैबाट आफ्नो अकाउन्ट लगआउट गर्न आवश्यक हुन्छ। किनकि त्यसो नगर्दा तपाई ह्याकरहरूको निशानामा पर्न सक्नुहुन्छ। स्मार्टफोन तपाईको भएपनि यस्तो लापरवाहीले ठूलो समस्या निम्त्याउन सक्छ।
धेरै प्रयोगकर्ताहरूले मेसेन्जरबाट लगआउट गर्नको लागि फेसबुकमा गएर खाताबाट लग आउट गर्न आवश्यक भएको ठान्छन्। यदि तपाई पनि यस्तै सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ।
ह्याकरबाट बच्नका लागि बेलाबखत मेसेन्जर लगआउट गर्न आवश्यक हुन्छ। फेसबुकबाट मात्रै लगआउट गरेर मेसेन्जर खुलै राख्न सकिन्छ। यद्यपि, मेसेन्जर र फेसबुक दुवैबाट लगआउट गर्नु बुद्धिमानी हुन्छ।
Shares
प्रतिक्रिया