इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन्। एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन्।
करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ।
मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन्।
मस्कले आफू ट्विटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसर रहने बताएका छन्। याकरिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनको भनाइ छ।
एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याकरिनोले तत्कालै सो पद छाडेको बताइएको छ।
सो कम्पनीमा उनी २०११ मा नियुक्त भएकी थिइन्। उनले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्याउने अपेक्षा गरिएको छ।
खासगरी मस्कले ट्विटर किनेपछि यो प्लाटफर्मले थुप्रै विज्ञापनदाता गुमाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया