सामाजिक सञ्जाल ट्विटरको स्वामित्व एलन मस्कको हातमा आएपछि नवीनतम् परिवर्तन भइरहेका छन्।
उनले विभिन्न प्रयोगसमेत गरिरहेका छन्, र ती निर्णय फिर्ता पनि गरिरहेका छन्। ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राख्दै जिम्मेवारी सुरु गरेका उनले एकपटक लोगोको चरो उडाएर कुकुर पनि राखे। तर पछि फेरि चरो नै ल्याएर राखिदिए। ठूला सेलिब्रेटीहरूको ब्लु टिक पनि खाइदिए।
बलिउड अभिनेता अभिताभ बच्चनले त आफ्नो ब्लु टिक खाइदिएको भन्दै ट्विटर नचलाउने घोषणा सम्म गर्न भ्याए। तर पछि उनले ब्लु टिक फिर्ता भने गरे।
मस्कले पुन: ट्विटरमा ऐतिहासिक परिवर्तनको घोषणा गरेका छन्। अहिलेसम्म 'डिरेक्ट मेसेज'को सुविधा मात्रै रहेको ट्विटरमा उनले भ्वाइस मेसेज र भिडिओ कलको सुविधा थप्ने घोषणा गरेका छन्।
उनले चाँडै भ्वाइस र भिडिओ कल गर्नमिल्ने परिष्कार ट्विटरमा गर्ने घोषणा गरेका छन्। उनले भनेका छन्, 'चाँडै यस प्लेटफर्ममा तपाईंको ह्यान्डलबाट जोकोहीलाई भ्वाइस र भिडिओ कल गर्न सक्नुहुनेछ, ताकि फोन नम्बरबिनै पनि तपाईं संसारका जुनसुकै मान्छेसँग अन्तर्क्रिया गर्नुसक्नुहोस्।'
यसबाहेक डीएममा पनि उनले डीएम रिप्लाइज विकल्प थप्ने बताएको छन्। यो लागू भएमा मेसेन्जरमा जस्तै कुनै एक मेसेजको जवाफ प्रश्नसँगै रिप्लाई गर्न सकिनेछ।
Shares
प्रतिक्रिया