अमेरिकी सेनाले भिडियो एप टिकटकमा प्रतिबन्ध लगाएको छ। यसबाट सुरक्षा खतरा उत्पन्न हुने दाबी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो।
अमेरिकी जलसेनाले यसअघि नै सरकारी फोनमा टिकटक चलाउन नपाइने नियम लागू गरिसकेको छ।
पछिल्लो समय टिकटक विश्वभर लोकप्रिय बन्दै गएको छ। तर, अमेरिकाले भने यो चिनियाँ कम्पनी अन्तर्गतको भएकाले व्यक्तिगत तथ्यांक चीन सरकारको पहुँचमा पुग्ने खतरा देखाउँदै आएको छ। जसलाई टिकटकले अस्वीकार गरेको छ।
टिकटक चीनको बाइटडान्स कम्पनीको स्वामित्वमा छ। विश्वभरका किशोरकिशोरी १५ सेकेन्डको यो भिडियो एपमा रमाउने क्रम बढिरहेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया