प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वागमती र यसको राजधानी हेटौंडालाई बनाउन पार्टीका नेताहरुलाई निर्देशन दिएपछि नेपाल आदिवासी जनजाति महासंघले त्यसको विरोधस्वरुप प्रदर्शन आयोजना गरेको हो।
प्रदर्शनकारीले पञ्चायतकालीन वागमती प्रदेश नमान्ने, नेवा ताम्सालिङ नछाड्ने प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले नेवा ताम्सालिङ प्रदेश नामकरण गर्न माग गरे। उनीहरुले प्रदेशको नाम वागमती राखेर पहिचान मेट्न खोजेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। बिहान साढे ११ बजे माइतीघरमा भेला भएर उनीहरुले नाराजुलुस गरेका हुन्।
प्रतिक्रिया