ad ad

प्रविधि


चन्द्रमामा भारतीय अन्तरिक्षयात्री खानेछन् चिकेन र मटन करी

चन्द्रमामा भारतीय अन्तरिक्षयात्री खानेछन् चिकेन र मटन करी

नेपालखबर
पुस १९, २०७६ शनिबार ११:५२,

केहीदिन अगाडि मात्र इसरोले सन् २०२०–२०२१ भित्र अन्तरिक्षयात्री चन्द्रमामा पठाइसक्ने बताएको थियो।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका प्रमुख के. सिवनले चन्द्रयान ३ अभियान अन्तर्गत चार अन्तरिक्षयात्री चन्द्रमामा पठाउने तयारी भइहेको बताउँदै यस योजनामा २ सय ५० करोड भारतीय रुपिँया खर्च हुने बताएका छन्।

चन्द्र अभियान अन्तर्गत सबै किसिमका तयारी भइरहँदा इसरोले अन्तरिक्षयात्रीले चन्द्रमामा के खान्छन् त्यसको पनि योजना बनाइरहेका छन्।

बीबीसीहिन्दीका अनुसार भारतीय अन्तरिक्षयात्रीले चन्द्रमामा ‘चिकेन र मटन करी’ खाने छन्। रक्षा खाद्य अनुसन्धान प्रयोगशाला डीएफआरएललाई उदृत गर्दै बीबीसीहिन्दीले अन्तरिक्षयात्रीले आफूले खाने खानाको स्वाद रोज्न सक्नेछन्।

अन्तरिक्षयात्रीको लागि २२ किसिमका खाना बनाइनेछ। जसमा उनीहरुले चिकेन र मटन पनि रोजेका छन्। यी सबै खाना अमेरिकी अन्तरिक्ष संस्था नासाको मापदण्डअनुसार हुने जनाइएको छ।

केही समयपछि चन्द्र अभियानका लागि छनौट भएका चार अन्तरिक्षयात्रीलाई प्रशिक्षणका लागि रुस पठाइने बताइएको छ। अन्तरिक्षयात्रीको नाम भने खुलाइएको छैन।

Image result for chandrayaan 2

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .