ad ad

प्रविधि


रुसद्वारा विश्वलाई प्रतिबन्धित वैकल्पिक इन्टरनेटको सफल परीक्षण

रुसद्वारा विश्वलाई प्रतिबन्धित वैकल्पिक इन्टरनेटको सफल परीक्षण

नेपालखबर
पुस १०, २०७६ बिहिबार ७:२,

डेलीस्टारका अनुसार वैकल्पिक इन्टरनेटको सफल परीक्षण पश्चात रुस आफ्नो इन्टरनेट सुविधा विश्वबाट विच्छेद गर्ने सपना नजिक पुगेको छ।

विश्वभर हाल वर्ल्ड वाइड वेब WWW प्रणालीबाट इन्टरनेट प्रयोग हुन्छन्। रुसको संचार मन्त्रालयले यस सफल परीक्षणलाई महत्वपूर्ण उपलब्धि भनेको छ।

मन्त्रालयले रुसको नयाँ इन्टरनेटलाई RUNET रुनेट प्रणाली भनेको छ। अधिकारीहरुका अनुसार रुनेटले वर्ल्ड वाइड वेबको वैकल्पिकको रुपमा काम गर्नेछ।

सामान्य मानिसले यस नेटको प्रयोगगर्दा कुनै परिवर्तनको महशुस नगर्ने बताइएको छ। रुसले यसअघि ह्याकरको खतराबाट बच्न आफ्नै इन्टरनेट स्थापना गर्ने बताएको थियो।

रुसले आफ्नै छुट्टै इन्टरनेट प्रणाली विकास गरेपछि रुसका नागरिकले स्वतन्त्रताको अधिकार गुमाउने टिप्पणी भएका छन्।

चीन र इरानले पनि रुसले जस्तै प्रविधि विकास गरिसकेको छ। चीन र इरानमा गुगल लगायतका पश्चिमा एप्सहरु चल्दैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .