सामाजिक सञ्जाल ट्वीटरले आफ्नो ब्लु टिक सस्क्रिप्सन आईफोन प्रयोगकताको लागि ७.९९ डलरबाट बढाएर ११ डलर पुर्याउने तयारी गरो छ। साथै वेबसाइटबाट प्रयोग गर्नेका लागि भने ७ डलर मात्र तिरे पुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
आईफोन निर्माता एप्पल कम्पनीले प्रयोगकताले आईओएसका एपमार्फत गर्ने भुक्तानीमा ३० प्रतिशतको कटौती गरेसँगै ट्वीटरको नयाँ योजना अघि सारेको हो।
ट्वीटरले प्रयोगकर्तालाई आईफोनबाट साइन इन गर्नबाट रोक्न नयाँ योजना ल्याएको समाचारमा उल्लेख गरिएको छ। यद्यपि एन्ड्रोइड प्रयोगकर्ताको विषयमा भने ट्वीटरले केही उल्लेख गरेको छैन।
यस विषयमा आधिकारिकरुपमा ट्वीटर, एप्पल र गुगलले भने कुनै पनि प्रतिक्रिया दिएको छैन। गत साता ट्वीटरका मालिक मस्कले एपबाट हुने भुक्तानीमा एप्पललाई ३० प्रतिशत बुझाउनुपर्ने नियमको विरोध गरेका थिए।
उनले एप्पललाई कमिसन बुझाउनुभन्दा यो कम्पनीसँग युद्ध लड्न तयार भएको मिम्स पनि शेयर गरेका थिए।
मस्कले एप्पलका सीईओ टिम कूकसँग भेटवार्ता गरेका थिए। भेटवार्तापछि उनले एप स्टोरबाट ट्वीटर हटेको भन्ने गलत बुझाइ दूर भएको उल्लेख गरेका थिए।
Shares
प्रतिक्रिया