वर्षहरु बित्दै जाँदा हरेकपल्ट ओलम्पिक र फिफा विश्वकपजस्ता ठूला खेलकुद प्रतियोगितामा केही न केही नयाँ प्रविधिले स्वागत पाइरहेको छ।
यसपटक कतारमा जारी विश्वकप फुटबल प्रतिस्पर्धामा नयाँ प्रविधि भित्रिएको छ। त्यो हो– खेलाइने बलभित्र जडित सेन्सर।
खेललाई अझै परिष्कृत र प्रतिस्पर्धालाई स्वच्छ बनाउन यस्तो प्रविधि जडान गरिएको हो।
फिफा र एडिडासले अल रिह्ला नामक हाइटेक फुटबल यही विश्वकपका लागि बनाएका हुन्। त्यसभित्र १४ ग्रामको सेन्सर जोडिएको छ। जसले बलको वास्तविक समय र वास्तविक स्थानबारे जानकारी दिन्छ।
यसले खेलका दौडान गोल, अफसाइड र अन्य धेरै कुरालाई मान्यता दिनुअघि बलको पोजिसनबारे भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)लाई जानकारी दिन्छ।
बलमा सेन्सर राखिएकै कारण हरेक खेलअघि यसलाई चार्ज गर्नुपर्छ। त्यसमा भएको सानो ब्याट्री चार्ज गरेको ६ घण्टासम्म सक्रिय हुन्छ।
बलमा राखिएको सेन्सर किनेक्सनले विकास र उत्पादन गरेको हो। यसका सहसंस्थापक म्याक्सिमिलियन स्कामिडिटले कसरी काम गर्छ भन्ने खुलाएका थिए।
उनका अनुसार डेटा सेन्सरबाट रियल टाइममा लोकल पोजिसनिङ सिस्टम (एलपीएस)मा उपलब्ध हुन्छ। जसअनुसार खेल मैदानवरपर नेटवर्क एन्टेना जडान गरिएको हुन्छ। एन्टेनाले डेटा तत्काल प्रयोग गर्न सक्ने गरी आफूले लिएर भण्डारण गर्छ।
यदि खेलकै बीच नयाँ बल प्रयोग भएमा किनेक्सनको ब्याकेन्ड सिस्टमले स्वतः नयाँ बलको डेटा उपलब्ध हुने प्रणाली बनाएको छ। एजेन्सीहरुको सहयोगमा
Shares
प्रतिक्रिया