इलोन मस्कले ट्वीटर कम्पनीका करिब ३७ सय कर्मचारी हटाउने याजना बनाएका छन्। ट्वीटरको आन्तरिक स्रोतका अनुसार ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका मस्कले करिब आधा कर्मचारी हटाउने योजना बनाएका हुन्।
ट्वीटरसँग निकट स्रोतका अनुसार मस्कले शुक्रबार यस विषयमा प्रभावित हुने कर्मचारीलाई जानकारी दिने योजना बनाएका छन्। अहिलेसम्म यो विषयलाई सार्वजनिक नगर्न भनिएको स्रोतले बर्ताको छ।
मस्कले जहाँबाट पनि काम गर्न सकिने नीति पनि उल्ट्याउन सक्ने संकेत गरेका छन्। कामबाट हटाइएका बाहेक अन्य कर्मचारीलाई बाहिरैबाट काम गर्न उचित कारण देखाउनुपर्ने बताइएको छ।
मस्क र उनको टोलीका परामर्शदाताले रोजगारीमा कटौती तथा अन्य नीतिगत परिवर्तनको विषयमा अहिले चरणबद्धरुपमा छलफल गरिरहेका छन्।
जसमा रोजगारीबाट हटाइने कर्मचारीलाई ६० दिनको समय दिइनेछ। यस विषयमा ट्वीटरका प्रवक्ताले भने कुनै पनि जानकारी दिन अस्वीकार गरेका छन्।
मस्कले ट्वीटर वास्तविक मूल्यभन्दा धेरैमा खरिद गरेको बताउँदै आएका छन्। यस्तोमा उनी कर्मचारी कटौती गर्दै कम्पनीको खर्च घटाउने योजनामा देखिएका हुन्।
मस्कले ट्वीटरसँगको खरिद सम्झौता पूरा भएसँगै कम्पनीका शीर्ष कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेका थिए। जसमा सीईओ प्रयाग अग्रवाल। वित्तीय प्रमुख नेड सेगल र वरिष्ठ कानुनी कर्मचारी रहेका छन्।
मस्कले कम्पनीको अन्तरिम सीईओ आफैं बन्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया