हलमा एकल पुरुषको कथामा बनेको फिल्म ‘महापुरुष’ चलिरहेको छ। फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। राम्रो ग्रस कलेक्सनका साथ दर्शक हलमा तानिरहेको फिल्मबारे बहस भइरहँदा एकल महिलाको विवाहको बहस उब्जाएको फिल्म ‘बगान’को चर्चा सुरु भएको छ।
केही दिनअघि मात्रै गीत सार्वजनिक गरेको ‘बगान’मार्फत पुराना कलाकार सरोज खनाल निर्देशनमा डेब्यु गर्दै छन्। ‘बगान’मार्फत सरोज एकल महिलाको कथा भन्ने तयारीमा छन्। फिल्ममार्फत उनले एकल महिलाले बिहे गर्नु हुन्छ/हुँदैन भन्ने प्रश्न गर्ने छन्। अहिले चलिरहेको फिल्म ‘महापुरुष’ले ठ्याक्कै यसको उल्टो एकल पुरुषको बिहेमा प्रश्न गरेको छ।
फिल्म ‘बगान’मा अभिनेत्री करिश्मा मानन्धरले मुख्य भूमिका निर्वाह गरेकी छन्। करिश्मालाई नयाँ कलाकार प्रमिला कार्कीले छोरीको भूमिका निर्वाह गरेर साथ दिएकी छन्।
यता ‘महापुरुष’मा एकल बाबु र छोराको कथा स्क्रिनमा प्ले गरिएको छ। कलाकार हरिवंश आर्चायलाई नवकलाकार अरुण क्षेत्रीले छोराका रुपमा साथ दिएका छन्। यसरी हेर्ने हो भने अहिले चलिरहेको फिल्म ‘महापुरुष’सँग आउने फिल्म ‘बगान’का कथा थुप्रैपल्ट मिल्दा देखिने संकेत देखिएका छन्।
सरोज खनाल आफ्नो निर्देशनको पहिलो फिल्म ‘बगान’ आगामी फागुन १२ बाट रिलि जगर्ने तयारीमा छन्। फिल्ममा विनोद मानन्धरले लगानी गरेका छन्।
निर शाह, मिथिला शर्मा, वसुन्धरा भुसाललगायतका कलाकारले अभिनय गरेको यो फिल्मबाट सफल निर्देशक बन्ने सरोजको दाउ छ।
Shares
प्रतिक्रिया