अमेरिकी प्रविधि कम्पनी एप्पल आईफोनको उत्पादन बढाउने योजनाबाट पछि हटेको छ।
पछिल्लो समय आईफोनको माग केही सुस्ताएसँगै एप्पल आफ्नो योजनाबाट पछि हटेको हो।
एप्पलको योजनाबारे जानकार स्रोतले उक्त जानकारी दिएको हो।
कम्पनीले आफ्ना आपूर्तिकर्ताहरुलाई आईफोन १४ को उत्पादन बढाउने प्रयास अघि नबढाउन निर्देशन दिएको छ।
एप्पलले अघि वर्षकै हाराहारीमा यस वर्ष आईफोन उत्पादन गर्ने तयारी गरेको छ।
यस विषयमा आधिकारिकरुपमा भने एप्पलले कुनै प्रतिक्रिया दिएको छैन।
186
Shares
प्रतिक्रिया