ट्वीटरका बहुमत शेयरधनीले ट्वीटर अर्बपति इलोन मस्कलाई बिक्री गर्ने पक्षमा मतदान गरेका छन्।
मतदानको विषयमा जानकार एक व्यक्तिले दिएको जानकारीअनुसार यो सम्झौता शेयरधनीबाट पारित गराउने अन्तिम समयसीमा मंगलबारको लागि तोकिएको थियो।
त्यस अगावै सोमबार यस विषयमा मतदान भएको हो।
आधिकारिकरुपमा भने ट्वीटरले यसको घोषणा गर्न बाँकी छ। साथै यस विषयमा इलोन मस्कका प्रतिनिधिहरुले पनि कुनै प्रतिक्रिया दिएका छैनन्।
यसअघि मस्कसँग ४४ अर्ब डलरमा ट्वीटरले बिक्रीको सम्झौता गरेको थियो।
तर, सम्झौता अनुसार महत्वपूर्ण सूचना ट्वीटरले नदिएको भन्दै मस्कले यो सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए। यससँगै अहिले यो मुद्दा आदालतमा पुगेको छ।
87
Shares
प्रतिक्रिया