चन्द्रमामा अन्तरिक्षयात्री पठाउने मिसनका लागि चीनले अमेरिकाको भन्दा दोब्बर क्षमताको रकेट इन्जिन बनाएको छ।
चिनियाँ अन्तरिक्ष अधिकारीहरुले दिएको जानकारीअनुसार चीनले सोमबार अमेरिकाको भन्दा दोब्बर क्षमताको इन्जिन भएको रकेटको परीक्षण गरेको हो।
चिनियाँ अन्तरिएक एजेन्सी (सीएएससी)ले मंगलबार दिएको जानकारीअनुसार उक्त रकेट इन्जिनको ग्राउन्ड टेस्ट पूर्णरुपमा सफल भएको छ। यो इन्जिनको प्रयोग चीनको लङ मार्च ९ रकेटमा प्रयोग हुनेछ। यो इन्जिनको निर्माणको कार्य सम्पन्न भने नभइसकेको सीएएससीले बताएको छ।
यो रकेट इन्जिनले २५ टन फोर्स उत्पादन गर्न सक्छ। यो अमेरिकाले बनाएको रकेट इन्जिनको क्षमताभन्दा दोब्बर हो। सीएएससीले यो इन्जिनको परीक्षण ठूलो भारी सामग्री लन्च गर्ने कार्यको लागि कोशेढुङ्गा भएको बताएको छ।
चन्द्रमा मिसनजस्तो ठूलो अन्तरिक्ष अभियानका लागि धेरैपटक खुल्ने र बन्द हुने गर्नुपर्ने भएकाले प्रत्येक पटकमा पर्याप्त मात्रामा ऊर्जा उत्पन्न हुने किसिमको इन्जिन आवश्यक पर्ने सीएएससीले बताएको छ।
अहिले अमेरिका र चीन आफ्नो चन्द्रमा मिसनको दौडमा छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको नेतृत्वको चन्द्रमा मिसनमा २० सदस्य राष्ट्र पनि सामेल छन्। यो मिसनअनुसार सन् २०२५ सम्म चन्द्रमामा मानिस पठाउने लक्ष्य राखिएको छ।
चीनले भने रुससँग मिलेर चन्द्रमामा अन्तर्राष्ट्रिय रिसर्च स्टेसन बनाउन काम गरिरहेको छ। सन् २०३० अघि नै चन्द्रमामा मानिस पठाउने चीनको लक्ष्य छ।
Shares
प्रतिक्रिया