ट्वीटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले ट्वीटर एक कम्पनी बनेकोमा खेद प्रकट गरेका छन्। बिहीबार ट्वीटरमा एक पोस्ट गर्दै डोर्सीले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘सबैभन्दा ठूलो मुद्दा र मेरो सबैभन्दा दुःखको कुरा यो एक कम्पनी बनेको छ।’
ट्वीटर सुरु गर्दाको अवधारणाअनुसार नचलेको भन्दै डोर्सीले यस्तो बताएका हुन्।
डोर्सीले ट्वीटर सुरु गर्दाको समयमा यसलाई कुनै पनि कम्पनी, राज्य वा अन्य केहीको नियन्त्रणमा जान नपाउने प्रोटोकल बनाइएको बताए।
डोर्सीका अनुसार उक्त प्रोटोकलको पालना भएको अवस्थामा ट्वीटर पनि इमेलजस्तै एक स्वतन्त्र सेवा प्रदायकको रुपमा रहने थियो।
ट्वीटरको अर्बपति इलोन मस्कसँगको सम्झौता पूरा भए डोर्सीले ९७ करोड ८० लाख डलर पाउनेछन्। यद्यपि अहिले ट्वीटर समस्यामा परेको छ।
ट्वीटरले मस्कमाथि ४४ अर्ब डलरको खरिद सम्झौताबाट भाग्न खोजेको आरोपसहित मुद्दा दायर गरेको छ।
यसैबीच केही समयअघि मात्र ट्वीटरकै पूर्व कर्मचारीले ट्वीटरले प्रयोगकर्ता र नियामकलाई सुरक्षाको विषयमा भ्रमित राख्दै आएको खुलासा गरेका थिए।
Shares
प्रतिक्रिया