ad ad

प्रविधि


टिकटक र एप्पलद्वारा चीनसँगको सम्बन्ध खुलाउन अस्वीकार

टिकटक र एप्पलद्वारा चीनसँगको सम्बन्ध खुलाउन अस्वीकार

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १२:०,

अमेरिकी काँगे्रसले मंगलबार टिकटक र एप्पललाई चीनसँगको सम्बन्ध के हो भनेर प्रश्न गर्ने तय भएपछि टिकटक र एप्पलले सोमबार नै सम्बन्ध खुलाउन अस्वीकार गरेको हो।

बीबीसीका अनुसार टिकटक र एप्पलको चिनियाँ सम्बन्धका कारण यसले अमेरिकी सुरक्षालाई खतरामा पारेको अमेरिकी काँग्रेसको आशंका रहेको छ।

टिकटोकले भनेको छ,‘छोटो समयमा उपयुक्त प्रतिनिधि पठाउन कम्पनी असक्षम छ तर कांग्रेससँग फलदायी रूपमा काम गर्न हामी प्रतिबद्ध छौं।’

एप्पलले भने काँग्रेसको आशंकामा आफ्नो कुनै टिप्पणी र प्रतिक्रिया नभएको बताएको छ।

यसअघि रिपब्लिकन पार्टीका सिनेटर जोस हालीले ट्वीटमा भनेका थिए,‘मैले टिकटक र एप्पलका प्रतिनिधिलाई उनीहरुको चीनसँगको व्यापार र त्यसले अमेरिकी उपभोक्तालाई पार्ने असरका बारेमा छलफल गर्न बोलाएको छु।’

मंगलबारको बहस जोस हालीले बोलाएका थिए। हालीका अनुसार उनले टिकटक र एप्पललाई विश्वास गरेका छैनन्।

प्रविधि कम्पनीको अविश्वसनियता कारण अमेरिका साइबर सुरक्षाका दृष्टीले कमजोर भएको हालीको ठहर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .