ad ad

प्रविधि


ब्ल्याकहोलले ठूला–ठूला तारालाई कसरी निल्छ?

ब्ल्याकहोलले ठूला–ठूला तारालाई कसरी निल्छ?

डेनिस ओभरबाई
कात्तिक ४, २०७६ सोमबार ७:५५,

पछिल्लो समय ब्ल्याकहोलसँग सम्बन्धित समाचारहरु सम्भवतः तपाईंले त्यति ख्याल गर्नुभएको छैन होला। ती 'आइन्सटिनियन' राक्षसहरुले प्रकाशदेखि सबै कुरा एकदमै नराम्रोसँग निलिदिन सक्छन्।

ब्ल्याकहोलले तारा र तिनीहरुको सबै पुञ्ज नै निलिदिनसक्छ। तारामण्डलको केन्द्रबाट ब्ल्याकहोलले विपरीत दिशामा शक्ति निकाल्नसक्छ। संसार हल्लाउने घटनाजसरी ब्ल्याकहोलले एकैपटक विस्फोट गरिदिनसक्छ।

पृथ्वीमा रहेका र अन्तरिक्षमा रहेका टेलिस्कोपले पूर्णरुपेण आकाशीय क्षेत्रको एक्स–रेदेखि रेडियो तरंगसम्मको स्क्यान गरेर त्यसलाई एकत्रित गरी एउटा डरलाग्दो कथा तयार हुन्छ। गत महिना नासाले टेलिस्काेपबाट ब्ल्याकहाेलवरपर देखिएका घटनाहरू समेटेर तयार पारेकाे तिनै डरलाग्दा घटनामध्ये एउटा यहाँ प्रस्तुत गरिन्छः

एउटा अत्यन्त भोको प्वाल

blackhole 22
युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसका खगोलशास्त्रीहरुले सेप्टेम्बरमा मिल्की वे तारामण्डलको बीच भागमा रहेको विशाल ब्ल्याकहोल अत्यन्तै भोकाएको देखेको रिपोर्ट गरेका थिए।

ब्ल्याकहोल ‘दि अबाइसल’ अर्थात् ‘रसातल’ले सुस्त गतिमा रेडियो ज्वालामुखी ग्यास र धूलो मिश्रित रुपमा उत्सर्जन गर्ने गर्छ। यो ब्ल्याकहोलमा ४३ लाख सूर्यहरु अट्ने ‘मास’ छ। यही समरमा यो ब्ल्याकहोल एकदमै तातो र चम्किलो बन्यो। जसको कारण खगोलशास्त्रीहरु समेत झुक्किनपुगे र यसलाई साँच्चैको तारा मान्न पुगे।

अन्तरिक्षसम्बन्धी भौतिकशासत्री एन्ड्रिया गेजले उक्त वस्तुलाई लामो समययता अवलोकन गर्दै आएकी छिन्। यसलाई ‘सागितारिअस ए’ भनिन्छ। जुन यसअघि यस्तो चम्किलो देखिएको थिएन। ‘यो सामान्यतया शान्त, कमजोर ब्ल्याकहोल आहार लिने तयारीमा’, एउटा समाचार वक्तव्यमा उनले भनिन्, ‘हामीलाई थाहा छैन केचाहिँ यसको आहार बन्दै छ!’

सायद यसले कुनै क्षुद्रग्रह (आष्टेरोयड) निलेको हुनुपर्छ वा जी२का रुपमा परिचित ‘डबल स्टार’बाट आएको ग्यास निलेको हुनुपर्छ। जुन सन् २०१४ मा उक्त ब्ल्याकहोलको एकदमै नजिक पुगेको थियो।

के थाहा ! कसलाई के थाहा छ र !

ब्ल्याकहोल के हो त ? जान्न चाहनुहुन्छ ?

तपाईंलाई अब फर्किनै नमिल्ने स्थानमा हार्दिक स्वागत छ –

अन्तरिक्षको एउटा त्यस्तो क्षेत्र जहाँ गुरुत्वाकर्षण बल एकदमै बलियो छ। जहाँ पसिसकेपछिको प्रकाश समेत निस्किनै सक्दैन। हो, यही हो ब्ल्याकहोल ।

दि श्रेडेड स्टार अर्थात् बिग्रिएको तारा
टाढाको एउटा तारामण्डलमा अन्य खगोलशास्त्रीले एउटा ब्ल्याकहोल देखे। जसले एउटा तारालाई तहसनहस बनाएर विनाशको मुखमा लैजाँदै थियो। यो गत जनवरीमा भएको थियो। दक्षिण अफ्रिकामा रहेको नासाको रोबोटिक टेलिस्कोप जुन अन्तरिक्षमा आधारित छ, त्यसले नै यो सारा दृश्य कैद गरेको थियो। यो टेलिस्कोप अल स्काई अटोमेटेट सर्वे फर सुपर्नोभा (एएसएएसएसएन)कै एक भाग हो।

the shreded starतस्बिरः नासा

चिलीमा रहेको एउटा टेलिस्कोपबाट कार्नेजी अब्जरभेटरीका टम होलोइनले आकाशको सुपरिवेक्षण गरिरहेका थिए। जुन उनको दायित्वभित्रको काम थियो। त्यतिकैमा उनले ३७ करोड ५० लाख प्रकाशवर्ष टाढाको एउटा तारामण्डलमा आकस्मिक चम्किलोपना देखे। यो तारामण्डल सुदूर दक्षिणी आकाशको भोलान्स नक्षत्रभन्दा पछाडि छ।

त्यसलगत्तै डा. होलोइनले नासाको स्विफ्ट स्याटेलाइटका अपरेटरसलाई सुसूचित गराए। स्विफ्टले अत्युच्च शक्तिसँग सम्बन्धित विकिरणात्मक घटनाको एक्स–रेहरु मनिटर गर्छ। त्यस्तै नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट वा टीईएसएस (टेस) ले पनि उक्त आकाशको केही भाग हेरिरहेको हुन्छ। यसले आफ्नो सामुन्नेबाट पास हुने एक्सोप्लानेटको प्रकाश आदि कुराको मोनिटर गर्छ। सोहीअनुसार टेसले पृष्ठभूमिमा उक्त घटनाको रेकर्ड गरेको थियो।

खगोलशास्त्रीहरुले उक्त चम्किलोपनाले सुपरनोभाले जस्तो व्यवहार देखाएको पाएनन्। तर त्यो एउटा अझै ज्वारभाट पैदा गर्ने घटना थियो। कुनै तारा ब्ल्याकहोलको नजिक पुग्दा कस्तो ज्वारमा फस्छ र त्यो अवस्था कस्तो हुन्छ भन्नेखालको घटना थियो त्यो। उक्त तारालाई ब्ल्याकहोल घेर्ने ग्यासले घेरेका थिए। केही ग्यासहरु यतिकै बिलाए पनि केही भने अन्य ग्याससँग दुर्घटित भएका थिए। धेरैजसो ग्यासहरु फरक दिशामा उच्च गतिमा उड्ने यो एउटा प्रक्रिया भएको डा. होलोइनको भनाइ छ।

खगोलशास्त्रीहरुले यस्ता घटना दुई दर्जनपटक टाढाका तारामण्डलमा देखिसकेका छन्। तर आफ्नो तारामण्डलमा भने यस्तो देख्नपाइएको छैन। जनवरीको उक्त घटनालाई उनी ‘पोस्टर चाइल्ड फर ब्ल्याकहोल श्रेडिङ’का रुपमा वर्णन गर्छन्। उक्त ब्ल्याकहोलको मास (खाली स्थान) हाम्रो सूर्यको भन्दा ६३ लाख समय ठूलो रहेको बताउँछन् डा. होलोइन। यो भनेको मिल्की वेको बीचमा रहेको ब्ल्याकहोलभन्दा अझै ठूलो हो।

‘हामीलाई उक्त ताराको बारेमा धेरै नै जानकारीचाहिँ छैन’, डा. होलोइन भन्छन्, ‘यद्यपि यो सम्भवतः हाम्रो सूर्यजत्रै हुनुपर्छ।’

महाविनाशको यात्रा
यदि कुनै खगोलशास्त्री तीनवटा तारामण्डलको समूह एसडीएसएस जे०८४९०५.५१प्लस १११४४७.२ मा हुन्थे भने, उनीहरु चिन्ताले धेरै चम्किला दृश्यहरुको पूर्वानुमान गर्दै हुनसक्थे। जसले त्यो एकत्रित तारामण्डलले दुर्भाग्यवश आफ्नै अस्तित्व मेटाउँथे। तीनवटा तारामण्डल एकअर्कालाई घेरिरहेका छन् र सुस्तगतिमा मर्ज भइरहेका छन्। तीनवटै तारामण्डलको बीचमा प्रत्येकमा एउटा ब्ल्याकहोल रहेका छन् भने ती सबै १ अर्ब वर्षमा एकआपसमा ठोक्किई नामेट हुनेछन्। 

यस्तो विस्फोटनले ब्रह्माण्डलाई नै असर गर्ने बताइन्छ। तीमध्ये हाम्रो सूर्यको तुलनामा एउटा ब्ल्याकहोल ४६ करोडदेखि २ अर्ब ९० करोड समय ठूलो रहेको जर्ज म्यासन युनिभर्सिटीका रायन फेफल बताउँछन्। तारामण्डल र तिनका काला मुटुहरु अहिले ३० हजार प्रकाश वर्ष टाढा रहेका छन्। तर पृथ्वीबाट भने ती तारामण्डलहरु १ अर्ब प्रकाश वर्ष टाढा रहेका छन्। तर कसलाई के थाहा? जब एकअर्कासँग नजिकिँदै जान्छन्, जे पनि हुनसक्छ।
डा. फेइफलका अनुसार सबै ग्यालेक्सी एकअर्कासँग पूर्ण रुपले मर्ज हुन्छन् भन्ने नरहेको बताउँछन्।

एउटा सम्भावना के देखिन्छ भने ती तीनवटा ब्ल्याकहोलबीचको गुरुत्वबलहरुले एकअर्कालाई हुत्याइदिने र बाँकी दुईवटा भने जुध्ने हुनसक्ने पनि बताइन्छ। दुई वा तीनवटा सुपरम्यासिभ ब्ल्याकहोलहरु एकअर्कासँग टक्कर खाँदा गुरुत्व बलका तरंगहरुको संकेत पृथ्वीमा समेत मिल्न सक्नेछ।

हरेक हप्तालाई ब्ल्याकहोलको हप्ता बनाउनुहोस्
सन् २०१५ को सेप्टेम्बरमा उक्त अवलोकनहरुले आइन्स्टाइनलाई उनको शताब्दीकै ठूलो क्षण दिएको थियो जब उनीहरुले अन्तरिक्षमा दुई ब्ल्याकहोल जुध्दा उत्पन्न हुने लहर रेकर्ड गरे। उक्त डाटाले आइन्स्टाइनको भविष्यवाणीलाई पूर्णरुपले स्वीकार गर्यो। ब्ल्याकहोलमा पर्याप्त वस्तु र शक्ति एकै ठाउँमा सँगसँगै डुब्न सक्छन्, त्यो पनि स्पेस र टाइमसँगसँगै भन्ने उनको मान्यता सही साबित भयो।

गत स्प्रिङ सिजनमा मैले ग्राभिटेसनल वेभ्स इभेन्ट्स नामको स्मार्टफोन एप डाउनलोड गरेँ। जसले ग्राभिटेसनल वेभ (गुरूत्व तरंग) पत्ता लागेपछि नोटिफिकेसन पठाउँछ। दुई ब्ल्याकहोल जुध्दा यस्तो नोटिफिकेसन आउँछ। अप्रिलयता यस्तो परिघटना चार दर्जनपटक भइसकेको छ। कहिलेकाहीँ म निदाएकै बेलामा पनि यसबारे थाहा पाउँछु।

तर के सत्य हो भने ब्ल्याकहोलले संसारलाई भूतले जसरी पर्खिएको हुँदैन। ब्ल्याकहोलहरु एकदमै अल्छी र मोटा हुन्छन्। गुरुत्वाकर्षणले ल्याउने हरचिज यिनीहरुका आहारा हुन्। तर त्यति नै पर्याप्त हुन पनि सक्छन्। जति धेरै खगोलविद्हरुले जानकारी पाउँछन्, त्यति नै धेरै अब के होला भन्ने अवस्था आउँछ। न्युयोर्क टाइम्सबाट अनुवाद।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .