हुन्डाई नेपालले ग्राण्ड आई१० नियोस सार्वजनिक गरेको छ। हुन्डाईले दुई भेरियन्टमा अनलाइनमार्फत उक्त कार नेपालमा सार्वजनिक गरेको हो।
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले कोभिड १९ को कारण अनलाइनबाट सार्वजनिक गर्नुपरेको जनाएको छ।
ग्राण्ड आई१० नेपाल २०१३ मा नेपाल आएको हो। यो कार ६ हजार बढी नेपालीले खरिद गरेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले नियोसको म्याग्ना र स्पोस्ट्स भेरियन्ट नेपाल ल्याएको बताएको छ। कम्पनीले ग्राण्ड आई१० नियोसको म्याग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र स्पोर्ट्स भेरियन्टको मूल्य ३३ लाख ९६ हजार तोकेको छ।
स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिङ ग्रिलले कारलाई थप आकर्षक बनाएको छ। ग्राण्ड आई१० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ। यसमा रिडिजाइन इन्टिग्रेटेड एलईडी डीआरएलएस, एलइडी फग ल्याम्पजस्ता विशेषता छन्।
ग्रान्ड आई१० को नियोसमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ। यसको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ।
८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुनेछ भने सुरक्षालाई मध्यनजर गर्दै एबीएस, ईबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर रहेको हुन्डाईले जानकारी दिएको छ।
प्रतिक्रिया