पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका नागरिक अगुवाहरुले पाटन दरबार स्क्वायर क्षेत्रमा सत्याग्रहमा बसेका युवाको माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन्।
क्वारेन्टिनमा बसेकाहरुको पीसीआर टेस्ट गरिनुपर्ने, कोरोना रोकथाम तथा उपचारमा भएको खर्च पारदर्शी गरिनुपर्ने, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायत माग गर्दै केही युवाहरु ६ दिनदेखि खानापानी नखाई अनसन बसिरहेका छन्।
नागरिक अगुवाहरुले युवाहरुले केही समय अगाडि गरेको देशव्यापी प्रदर्शनको सुनुवाइ नभएसँगै बाध्य भएर केही युवाहरु सत्याग्रहजस्तो अहिंसात्मक आन्दोलनको गम्भीर अस्त्र प्रयोग गर्न बाध्य भएका उल्लेख गर्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
दमननाथ ढुंगाना, सुशीला कार्की, अनुराधा कोइराला, विद्याधर मल्लिक, कपिल श्रेष्ठ, नोबेल किशोर राई, चाँदनी जोशी, यादव खरेल, अभि सुवेदी र केदार भक्त माथेमाले प्रेशित गरेको विज्ञप्तिमा युवाहरुको माग तत्काल पूरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
याे पनि: अनशनरत युवाको मागप्रति मिश्रको ऐक्यवद्धता, सरकारलाई गम्भीर बन्न आह्वान
प्रतिक्रिया