नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको गोटी बनेको आरोप लगाएका छन्।
मध्यराति राष्ट्रपति भण्डारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेता पुनले सामाजिक सञ्जालमार्फत भण्डारी ओलीको गोटी बनेको आरोप लगाएका हुन्।
‘नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी बनिन्,’ नेता पुनले लेखेका छन्, ‘संबिधान च्यातियो, लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो। नगर्ने चुनावको घोषणा गरियो। भनिन्छ, अति भए खती हुन्छ।’
ओली र भण्डारीको मिलेमतोमा मध्यरातमा डकैतीको शैलीमा संसद विघटन गरिएको भन्दै उनले यसलाई पूर्व राजा ज्ञानेन्द शाहको शैलीसँग तुलना गरेका छन्। ‘मध्यरातमा डकैती गरियो,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’
प्रतिक्रिया