ad ad

राजनीति


कर्णाली : सभामुखमा कांग्रेसबाट पोखरेलले दिए उम्मेदवारी, एमालेभित्र अलमल

कर्णाली : सभामुखमा कांग्रेसबाट पोखरेलले दिए उम्मेदवारी, एमालेभित्र अलमल

खड्ग पोखरेल


नेपालखबर
पुस ३०, २०७९ शनिबार १२:४, सुर्खेत

कर्णाली प्रदेशको सभामुख पदमा नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दिएका छन्। शनिबार प्रदेशसभामा पुगेर पोखरेलले सभामुखमा उम्मेदवारी दिएका हुन्। 

प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिए।

पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित भएका थिए। 

यता भागबन्डाका आधारमा कर्णाली प्रदेशको सभामुख नेकपा एमालेको भागमा छ। तर, एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेबारे ठोस निर्णय गर्न सकेको छैन। 

कर्णालीमा एमालेका सांसद प्रत्यक्ष र समानुपातिक गरेर जम्मा १० जना छन्। तीमध्ये सांसद विनोदकुमार शाह बिनाविभागीय मन्त्रीमा नियुक्त भइसकेका छन्। 

यस्तै एमालेबाट सभामुखमा तीन जनाको नाम चर्चामा छ। जसमा मुगुबाट निर्वाचित सांसद जितबहादुर मल्ल, समानुपातिक सांसद हुम्लाका कलबहादुर हमाल र सुर्खेतकी नन्दा गुरुङको नाम सभामुखका लागि चर्चामा छ। सभामुखको उम्मेदवार टुंग्याउन एमाले संसदीय दलको बैठक जारी छ। 

यस्तै, कर्णालीको उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले एमलेले सभामुखको टुङ्गो लगाएपछि मात्रै उपसभामुखका लागि उम्मेदवार तयार गर्ने बताएको छ। 

उपसभामुखका लागि माओवादीबाट समानुपातिक सांसद कालीकोटकी यशोदा न्यौपाने र डोल्पाकी उर्मिला विश्वकर्माको नाम चर्चामा छ। 

यस्तै, प्रदेशसभा सचिवालयले मतदाताको नामावली प्रकाशन गरिसकेको छ।  बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

आजै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने र साढे ५ बजेदेखि उम्मदवारको प्रस्तावउपर दाबी/विरोध गर्ने तालिका छ। 

मतदान आइतबार बिहान ११ बजे सुरु हुनेछ। त्यसअघि बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय तोकिएको छ भने साढे १० बजे अन्तिम नामावली प्रकाशन र ११ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .