बाजुराको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ।
नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले १०५ मतान्तरले एमालेका उम्मेदवार कर्णबहादुर थापालाई पछाडि पारेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ सय ७४ मतगणना हुँदा कांग्रेसका पाण्डे ८१६ मत सहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्णबहादुर थापाले ७११ मत ल्याएका छन्।
यस्तै, राप्रपाका जंगकुमार गिरीले ५ मत पाएका छन्। मतदानको दिन बाजुराका विभिन्न ठाउँमा विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन।
निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेर बाजुरामा मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको थियो। मतदानको दिनमा त्यहाँ दुई जनाको ज्यान समेत गएको थियो।
निर्वाचन आयोगको निर्देशन पछि बिहिबार बेलुकादेखि मतगणना सुरु भएको थियो।
741
Shares
प्रतिक्रिया