सुनसरी २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित भएका छन्।
उनी ३२ हजार ८ मतसहित प्रतिनिसिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्दै आचार्य प्रदेशसभाबाट प्रतिनिधिसभामा फड्को मारेका हुन्।
आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दा मेहताले २६ हजार ५८ मत प्राप्त गरेका छन्। सुनसरी २ मा मेहताले संविधान सभा निर्वाचन र गत ०७४ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
आचार्यले पहिलो पटक २०६४ को पहिलो संविधानसभामा सुनसरी ६ बाट निर्वाचित भएका थिए भने ०७० मा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आचार्य २०७४ को चुनावमा सुनसरी–१ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
Shares
प्रतिक्रिया