ad ad

राजनीति


चितवन २ मा रविलाई साढे सात हजार मतको अग्रता

चितवन २ मा रविलाई साढे सात हजार मतको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १०:१८, काठमाडौँ

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब साढे ७ हजार मतको अग्रता लिएका छन्।  

निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अन्तर उनले बढाएर ७ हजार ३९२ पुर्‍याएका हुन्। 

२७ हजार ४९४ मतगणना हुँदा रविले ७ हजार ३९२ मतको अग्रता लिएका हुन्। 

रविले १३ हजार ६४१ मत पाइसकेका छन्। त्यहाँ उनलाई भरतपुरको सहरी क्षेत्रबाट एकछापे मत खसिरहेको छ।

एमालेका पोखरेलले ६ हजार २४९ मत ल्याएका छन्। सत्ता गठबन्धनबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .