ad ad

राजनीति


चितवनमा यसरी गरिँदैछ मतगणना

चितवनमा यसरी गरिँदैछ मतगणना

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:१३, चितवन

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनका सबै क्षेत्रमा सोमबार बिहानबाट मत गणनाको तयारी हुँदैछ। 

आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि सोमबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो। 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिने छ। 

चितवन क्षेत्र नम्बर १ र २ को बिहान ८ बजेदेखि सर्बदलिय बैठक बसेको छ। क्षेत्र नम्बर ३ को सर्वदलिय बैठक बिहान ९ बजेपछि बस्दै छ। बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ। 
    
चितवनको क्षेत्र नम्बर १ मा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ। यो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। 

क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता छन्। 

क्षेत्र नम्बर ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .