ad ad

राजनीति


कांग्रेसकाे चियापानमा प्रचण्डले भने: दुई तिहाईको कुरा नगरौँ (भिडियाे)


नेपालखबर
असोज २६ ,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा असम्भव भन्ने केही पनि नहुने बताएका छन्।

आइतबार नेपाली कांग्रेसले दशैँ, तिहार, छठ जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै असम्भव कुरालाई पनि दलहरुको सहकार्यले र एकताले सम्भव बनाएको बताए।

‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ’ प्रचण्डले भने, ‘हेर्दै जाउँ राजनीतिले कसरी कोल्टे फेर्छ।’ उनले त्यतिबेला लिएका संकल्प र प्रतिवद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व रहेको बताए।

प्रचण्डले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको मनोबल बढ्दै गएको आफूले पाएको पनि उल्लेख गरे। इतिहास र संस्कृतिप्रति कांग्रेसको प्रतिवद्धता बढ्दै गरेकोमा खुशी पनि व्यक्त गरे।
उनले कांग्रेसका नेता कार्यकर्ताहरुका बीचमा आउँदा सहयात्रीहरुकै बीचमा आएको जस्तो अनुभव हुने पनि बताए।

प्रचण्डले ‘हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टे फेर्दै जान्छ’ भन्ने अभिव्यक्ति दिँदा दर्शक दिर्घाबाट हुटिङ भएको थियो। त्यसैक्रममा एक दर्शकले सोधेका थिए, ‘दुई तिहाई बहुमत भएको बेला कसरी राजनीतिले कोल्टे फेर्छ?’

जवाफमा प्रचण्डले भने, ‘अहिले दुई तिहाईको कुरा नगरौँ भन्ने लाग्या छ।’

असोज २६, २०७६ आइतबार १०:१४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .