भारतीय गृहमन्त्री अमित साहले अवैध आप्रवासीलाई देशबाट निकाल्ने बताएका छन्।
सत्तारुढ दल भाजपाका अध्यक्षसमेत रहेका साहले सन् २०२४ मा हुने निर्वाचन अगाडिसम्म भारतबाट सबै अवैध आप्रवासी हटाउने दाबी गरेका हुन्।
भारतमा बसोबास गरिरहेका अवैध आप्रवासीका कारण देशको आन्तरिक सुरक्षामा चुनौती बढेको उनको भनाई रहेको छ।
टाइम्स अफ इन्डियाका अनुसार हरियाणामा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै साहले भने,‘अर्काे निर्वाचनका लागि जब हामी तपाईंहरुसामु भोट माग्न आउँछौं, म भन्न चाहन्छु त्योभन्दा पहिला नै देशका एकएक ‘घुसपैठिया’हरुलाई हामी छानिछानी देशबाट बाहिर निकाल्ने छौं।
प्रतिक्रिया