ad ad

राजनीति


चीनसँग हुने सम्झौतालाई लिएर सरकारलाई भट्टराईका ६ सुझाब

चीनसँग हुने सम्झौतालाई लिएर सरकारलाई भट्टराईका ६ सुझाब

नेपालखबर
असोज २३, २०७६ बिहिबार ७:४७,

सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई ६ वटा सुझाब दिएका छन्।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले सरकारलाई दिएको सुझाब भन्दै ६ बुँदा उल्लेख गरेका हुन्।

उनले सुझाबका क्रममा सडक, व्यापार र लगानीका विषयमा चीनसँग सम्झौता गर्नुपर्ने बताएका छन्। यस्तै तत्काल चीनसँग सुपुर्दगी सन्धिमा हस्ताक्षर नगर्न आग्रह गरेका भट्टराईले चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्न पनि सुझाव दिएका छन्।

यस्ता छन् भट्टराईका ६ सुझाब

१. मुख्यतः चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरका रूपमा लिने। तीन वटै शक्तिसँग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद÷तटस्थताको नीति लिने। बीआरआई र आइपीएस दुवैबाट लाभ लिने। भारत र चीनबीच नेपाललाई आर्थिक सेतुको रूपमा विकास गर्ने।

२. चीनसँग रेल, सडक आदि कनेक्टिभिटी बिस्तारमा जोड दिने। रेल बनाउँदा ऋण जालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिने।

३. ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने।

४. सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्ने।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनु पर्ने।

६. सन् १९६० को नेपाल–चीन शान्ति तथा मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .