ad ad

राजनीति


इमरानकै अगाडि ट्रम्पले भने: नरेन्द्र मोदीको बयान निकै आक्रामक

इमरानकै अगाडि ट्रम्पले भने: नरेन्द्र मोदीको बयान निकै आक्रामक

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:३८,

 न्युयोर्कमा दुवैबीच छलफल भएको थियो। उक्त छलफल अगाडि खान र ट्रम्पले एउटा पत्रकार सम्मेलनमा पत्रकारको पश्नमाथि उत्तर दिएका थिए।

 सो क्रममा ट्रम्पले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयान निकै आक्रामक भएको पत्रकारालाई बताए।

 आइतबार हाउडी मोदी कार्यक्रममा ५९ हजार भारतीय मूलका अमेरिकीहरुको बीचका मोदीले भाषण दिएका थिए।

 सो क्रममा ट्रम्प पनि मोदीसँगै त्यहाँ सहभागी थिए। मोदीले सो क्रममा दिएका भाषण निकै अक्रमक भएको ट्रम्पले बताएका हुन्।

 ट्रम्पले त्यसो भनिरहँदा इमरान खान ट्रम्पकै नजिक थिए।

 आइतबार ह्युस्टनमा आयोजित कार्यक्रममा पाकिस्तानको नाम नलिकनै मोदीले भनेका थिए,‘भारतको फैसलालाई लिएर उनीहरु हैरान छन्। जसले आफ्नो देश सम्हाल्न सकिरहेको छैन उसैले आतंकवादी पालन पोषण गरिरहेको छ।’

ट्रंप और मोदी

 हालै भारतले जम्मु कस्मिरलाई दिएको विशेषाधिकार खोसिदिएको छ। उक्त क्षेत्र मुस्लिम बाहुल रहेको छ।

सुरुवातदेखि पाकिस्तानले यस कार्यको विरोध गरिरहेको छ। भारतले मुसलमानलाई विस्थापित गर्न खोजेको पाकिस्तानी भनाइ रहेको छ।

 साथै भारतले पाकिस्तानले जैस ए मोहम्मदजस्ता आतंकवादी संस्थालाई आश्रय दिएको पनि आरोप लगाउँदै आएको छ।

 सो क्रममा ट्रम्पले यदी मोदी र खानले चाहे अमेरिका दुई देशको शान्तिवार्ताको लागि मध्यस्तकर्ताको भूमिका खेल्न तयार रहेको बताएका थिए।

पाकिस्तान के प्रधानमंत्री इमरान ख़ान और ट्रंप

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .