ad ad

राजनीति


संविधान दिवस नमनाउने दलमाथि जनताले प्रश्न उठाउँछन्ः कानूनमन्त्री

संविधान दिवस नमनाउने दलमाथि जनताले प्रश्न उठाउँछन्ः कानूनमन्त्री

नेपालखबर
असोज ४, २०७६ शनिबार १०:२५,

कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए।

हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए।

सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठनका कोषाध्यक्ष मोहन बस्नेतले बल्खुदेखि कीर्तिपुर गेटसम्म रोपिएका बिरुवाले हरियाली र स्वच्छ वातावरण कायम गर्ने विश्वास व्यक्त गरे।

नागरिक लगानी कोष, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा ती बिरुवा रोपिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .