बाँकेको खजुरा घटनालाई लिएर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद अवरोध नगर्न सहमत भएको छ।
कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताले आक्राण गरेर बाँकेका कांग्रेस सभापति किरण कोइराला लगायतकका नेता कार्यकर्ता घाइते बनेपछि कांग्रेसले आक्रमणकारीलाई कारबाहीको माग गर्दै संसद अबरुद्ध गर्दै आएको थियो।
घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको संसद सचिवालयका प्रेस संयोजक शेखर अधिकारीले बताए।
‘प्रतिपक्षी कांग्रेसले दोषीमाथि किटानी जाहेरीको माग गर्दै आएको थियो, त्यसमा सत्तापक्ष तयार भएपछि संसद खोल्ने सहमति भएको हो’, नेपालखबरसँग कुरा गर्दै अधिकारीले भने।
केही बेरमा बस्ने बैठकमा कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बोल्ने र त्यसपछि सदनको नियमित कारबाही सुरु हुने उनले जानकारी दिए।
प्रतिक्रिया